काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्यमा समस्या भएपछि दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको जनाएको छ ।
प्रचण्ड सचिवालयका अनुसार हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सिता दाहालले स्वास्थ्य समस्या देखिएसँगै तीन दिन अघि अस्पताल भर्ना गरिएको हो ।
आईसीयूमा उपचाररत दाहालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सचिवालयले जनाएको छ ।
केही साता अघि मात्रै अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी संक्रमण मुक्त भएसँगै परिवारका अन्य सदस्यलाई कोरोना देखिएको हो ।
प्रचण्ड पत्नि दाहालको स्वास्थ्यमा यसअघिदेखि नै समस्या भएको कारण कोरोनाले थप जटिलता निम्त्याएको बताइएको छ ।
वि.सं.२०७८ माघ ९ आइतवार १२:४७ मा प्रकाशित






























