back
CTIZAN AD

नेपाली सेनाको जागिर छोडेर ‘सुन’ फलाउने अभियानमा डाँगी

वि.सं.२०७८ माघ २० बिहीवार

804 

shares

तुलसीपुर । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ५ जिवाङ निवासी हिमाल डाँगी कुनै समय नेपाली सेनाका जागिरे थिए । जागिरे जीवनमा रहँदा देशको सेवामा रमाएका डाँगी अहिले पाखोबारीमा ‘सुन’ फलाउने अभियानमा छन् । उनकै गाउँ–ठाउँका साथी तुलसीराम वलीको सहयोगमा दाङ तुलसीपुर महानगरपालिका–१७ बघौसीमा व्यवसायिक खेतीमा तल्लिन छन् ।

उनले नेपालमै केही व्यवसाय गर्नुपर्छ भनेर तरकारी खेतीतर्फ लागेको बताए । “सेनाको जागिरमा भन्दा कृषि क्षेत्रमै मैले भविष्य देखेँ”, उनले भने ,“त्यसैले म कृषि पेशामा आवद्ध छु ।” वली मेट्रो कलेज तुलसीपुरका वन विज्ञान फाँटका प्रमुखसमेत थिए । तर, उनले त्यो काम छोडेर अहिले कृषि पेसामै लागेका हुन । दुबै जनाको सहकार्यमा एकीकृत बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर उनीहरुले कृषि व्यवसाय गरिहेका छन् । उनले बाँझो रहेको जग्गालाई हराभरा बनाउने योजना राखेका छन् ।

“मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ”, वलीले भने,“हामी त्यसको उदाहरण बन्न चहान्छौं ।” एक जिल्ला, एक नमूना कृषि वन कार्यालय अन्तर्गत सञ्चालन भएको उक्त फार्ममा गोलभेडा, सिमी, बोडी, बन्दा, काउली, तितेकरेलालगायतका खेती गरिएको छ ।

यति मात्रै होइन्, त्यहाँ फलफूलको खेती हुने गरेको छ । हाल एक हजार ५०० बोट कागती लगाइएका छन्, भने २०० कदमका बोट, २०० लहरे पिपल, ५० अम्बा, ५० आँप, २० दालचिनी, ३० मसला रहेका छन् । आगामी वर्षदेखि व्यावसायिक पशुपालन गर्ने समेत उद्देश्य रहेको छ । उनीहरुले व्यावसायिक रुपमा राँगापालन गर्ने योजना बनाएका छन् ।

उनीहरुले दश बिघा जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । तीमध्ये साढे दुई बिघा जग्गामा कागतीखेती र बाँकी जग्गामा तरकारी र रुख लगाएका छन् । अहिलेसम्म ६० लाख लगानी भइसकेको उनीहरुको भनाइ छ ।

वि.सं.२०७८ माघ २० बिहीवार १७:०८ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...