back
CTIZAN AD

लोकसेवाका स्थगित ७८ पदका परीक्षा फागुन ६ गतेदेखि हुँदै

वि.सं.२०७८ माघ २० बिहीवार

960 

shares

काठमाडौं । लोकसेवा आयोगले कोभिड-१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आयोगले जारी गरेको सूचनाअनुसार स्थगन भएका उपसचिव वा सोसरह (अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सोसरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका ती पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन् ।

न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, हाइड्रोलोजी, मेटेरियोलोजी, सर्भे, वन, शिक्षा, माइनिङ, कृषि, पुस्तकालय विज्ञान, स्यानिटरीलगायत सेवाका परीक्षा हुने सूचनामा जनाइएको छ ।
सर्वोच्च अदालत र उच्च अदालतमा रिट निवदेन परी अदालतको आदेशअनुसार स्थगन परीक्षाहरूको हकमा अदालतबाट आदेश हुनासाथ यथाशीघ्र पुनः तालिकीकरण गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुरुप परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ माघ २० बिहीवार १७:१५ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...