back
CTIZAN AD

नेपालमा थप ३१७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

वि.सं.२०७८ माघ २० बिहीवार

783 

shares

काठमाडौं । नेपालमा आज ३ हजार १७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १२ हजार ६०५ नमुना परीक्षणमा ३ हजार १७५ जना संक्रमित थपिएका हु्न् ।

आज थपिएका ३ हजार १७५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९३ हजार ७९९ पुगेको छ ।

आज काठमाडौंमा १२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जना गरी उपत्यकामा १५०९ जना संक्रमित थपिएका हुन् । बुधवारको तुलनामा आज भक्तपुर र ललितपुरमा संक्रमितको संख्या घटेको छ भने काठमाडौंमा केही बढेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८ हजार २३ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ । कूल संक्रमित हुनेमध्ये निको हुनेको यो संख्या ९२.२ हो ।

नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ६३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६१ हजार ८६२ जना र संस्थागत आइसोलेशनमा १४३४ रहेका छन् । ती मध्ये पनि आइसीयुमा २८१ र भेन्टिलेटरमा ५९ जनाको उपचार भइरहेको छ ।

नेपालमा आज थपिए ३,६३७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ५४० जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा आज थपिए ३,६३७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ माघ २० बिहीवार १७:३६ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...