back
CTIZAN AD

नेपालमा आज थपिए ३,६३७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ माघ १९ बुधवार

849 

shares

काठमाडौं । नेपालमा आज ३ हजार ६३७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ५८२ नमुना परीक्षणमा ३ हजार ६३७ जना संक्रमित थपिएका हु्न् ।

आज थपिएका ३ हजार ६३७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९० हजार ६२४ पुगेको छ ।

आज काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जना गरी उपत्यकामा ११२३ जना संक्रमित थपिएका हुन् । मंगलवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही बढी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७ हजार ५५५ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ७८ हजार ७२० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७६४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ लाख १५ हजार ७९३ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म ३ करोड २४ लाख ५८ हजार २९९ मात्रा खोप लगाइएको छ । ती मध्ये १ करोड ७१ लाख २४ हजार ८६७ जनाले पहिलो मात्रा र १ करोड ४८ लाख २८ हजार ९५३ जनाले पुर्णमात्राको खोप लगाएका छन् ।

त्यस्तै हालसम्म ४ लाख ८४ हजार ९९ जनाले अतिरिक्त मात्राको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५,५८३ कोरोना संक्रमित, ९ जनाको मृत्यु

वि.सं.२०७८ माघ १९ बुधवार १६:४८ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...