back
CTIZAN AD

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५,५८३ कोरोना संक्रमित, ९ जनाको मृत्यु

वि.सं.२०७८ माघ १८ मंगलवार

897 

shares

काठमाडौं । नेपालमा आज ५ हजार ५८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार ६७४ नमुना परीक्षणमा ५ हजार ५८३ जना संक्रमित थपिएका हु्न् ।

आज थपिएका ५ हजार ५८३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ८६ हजार ९८७ पुगेको छ ।

आज काठमाडौंमा १,४०४, ललितपुरमा ३०८ र भक्तपुरमा १९५ जना गरी उपत्यकामा १,९०७ जना संक्रमित थपिएका हुन् । सोमवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या मंगलवार केही बढी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार २३७ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८ हजार २६७ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ९ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख ९ हजार ९०० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको ३ करोड १६ लाख ४२ हजार ५०३ मात्रा खोप लगाइसकिएको छ । ती मध्ये १ करोड ६८ लाख ३० हजार ३९५ जनाले पहिलो मात्रा र १ करोड ४४ लाख ७ हजार ७७५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयका अनुसार ४ लाख ४ हजार ३३३ जनाले अतिरिक्त मात्राको खोप लगाएका छन् ।

वि.सं.२०७८ माघ १८ मंगलवार १७:०० मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...