काठमाडौं । नेपालमा आज २ हजार ५२६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुना परीक्षणमा २५३६ जना संक्रमित थपिएका हु्न् ।
आज थपिएका २५२६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९६ हजार ३२५ पुगेको छ ।
आज काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जना गरी उपत्यकामा ७४५ जना संक्रमित थपिएका हुन् । बिहीवारकोे तुलनामा उपत्यकामा संक्रमितको संख्यामा कमी आएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ८,४२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८,४२५ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ । कूल संक्रमित हुनेमध्ये निको हुनेको यो संख्या ९२.९ प्रतिशत हो ।
नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५५ हजार ९० जना र संस्थागत आइसोलेशनमा १३६७ रहेका छन् । ती मध्ये पनि आइसीयुमा २४३ र भेन्टिलेटरमा ५१ जनाको उपचार भइरहेको छ । बिहीवारको तुलनामा भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या पनि घटेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ लाख १३ हजार ५१ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार १६:३० मा प्रकाशित






























