२१ माघ, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि फागुन १ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । यस अनुसार माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार १६:४४ मा प्रकाशित



























