back
CTIZAN AD

दक्षिण कोरियामा एक दिनमा ३६ हजार बढी कोरोना सङ्क्रमित

वि.सं.२०७८ माघ २२ शनिवार

756 

shares

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

एकै दिनमा ३६ हजारभन्दा बढी सङ्क्रमित भएको शनिबार पहिलो पटक हो । शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या नौ लाख ७१ हजार १८ पुगेको छ । नयाँ सङ्क्रमित मध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन् ।

सोही अवधिमा २२ जनाको मृत्यु भएको छ । यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या छ हजार ८५८ रहेको छ ।
सिन्ह्वा

वि.सं.२०७८ माघ २२ शनिवार १४:३९ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...