काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ । गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सृजना रहेको छ ।
शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो । पारिवारिक प्रेम कथामा आधारित रहेको सानो सानो कुरामा आशिषसँग आसामकी मोडल जुनु नाथको अभिनय देख्न सकिन्छ ।
भिडियोमा आशिष र जुनलाई भर्खरै विबाह गरेको एक प्रेमील जोडीका रुपमा देखाइएको छ । उनीहरुबिचको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका हुन् । फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन् । मानस कास्यपको सम्पादन रहेको भिडियोको छायांकन बितुल दासले गरेका हुन् । जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सले निर्माण गरेको हो ।
वि.सं.२०७८ माघ २२ शनिवार १५:११ मा प्रकाशित




























