back
CTIZAN AD

मह उत्पादनमा मौसम बाधक

वि.सं.२०७८ माघ २२ शनिवार

1.3K 

shares

लमजुङ । लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।

प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।

त्यस्तै विसं २०७६ मा नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने विसं २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य रु ८५० देखि ९०० सम्म रहेपनि किसानले रु एक हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष रु एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ । बेँसीसहर नगरपालिका-४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गत वर्ष ९६ क्विन्टल मह उत्पादन गरेका थिए । तर यस वर्ष असोज महिनामा बढी वर्षा भएका कारण जम्मा पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ । उनले भने, “मैले गत जेठमा २१५ वटा मौरीसहितको घार बिक्री गरे । यतिका मह १४१ वटा मौरीको घारबाट उत्पादन गरेका हुँ । यस वर्ष वर्षाले मेरो मात्र होइन, तुलानात्मक रुपमा अधिकांश कृषकको मह उत्पादन घटेको उनको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका उपाध्यक्ष तथा सुन्दरबजार नगरपालिका-११ का दुव्र दुराले पनि सोचेकोभन्दा कम मह उत्पादन गरेका छन् । उनले भने, “गत वर्ष ४५ वटा मौरीका घारबाट डेढ क्विन्टल मह उत्पादन गरेका थिए, यस वर्ष त झन मौरी घार थपेर ९० वटाबाट गत वर्षभन्दा दोब्बर उत्पादन होला भनेको थिए तर डेढ क्विन्टल मात्र उत्पादन भयो ।” जिल्लाका कृषकहरुले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन गर्न थालेका छन् ।

नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीसहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् ।

मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरुले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरणहरु वितरण गरेको थियो । जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका-४, ५ र ६, सुन्दरबजार नगरपालिका-५ र बेँसीसहर नगरपालिका-२ लाई मौरी पकेट क्षेत्रका रुपमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा पचास प्रतिशत अनुदानमा गोलासहितका ५०० र खाली घार एक हजार २०० वटा किसानलाई वितरण गर्नुका साथै मौरीजन्य उपकरणसमेत वितरण गरिएको केन्द्रले जनाएको छ ।
रासस/ फाइल फोटो

 

वि.सं.२०७८ माघ २२ शनिवार १५:३६ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...