back
CTIZAN AD

घट्यो कोरोना संक्रमित हुनेको संख्या, आज १७१४ संक्रमित, ९ जनाको मृत्यु

वि.सं.२०७८ माघ २२ शनिवार

774 

shares

काठमाडौं । नेपालमा आज १,७१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ८ हजार ५१३ नमुना परीक्षणमा १७१४ जना संक्रमित थपिएका हु्न् ।

आज थपिएका १७१४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९८ हजार ३९ पुगेको छ ।

आज काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जना गरी उपत्यकामा ४६३ जना संक्रमित थपिएका हुन् । शुक्रवारको तुलनामा उपत्यकामा शनिवार संक्रमितको संख्यामा कमी आएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४७७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४,७७१ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ । कूल संक्रमित हुनेमध्ये निको हुनेको यो संख्या ९३.३ प्रतिशत हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ९ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८०३ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५१ हजार ४३४ जना र संस्थागत आइसोलेशनमा १३४६ रहेका छन् । ती मध्ये आइसीयुमा २५१ र भेन्टिलेटरमा ४९ जनाको उपचार भइरहेको छ । शुक्रवारको तुलनामा भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या पनि घटेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन् ।

नेपालमा हालसम्म ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा कोरोना भाइरसविद्धको खोप लगाइएको छ । ती मध्ये १ करोड ७७ लाख ४० हजार ८३५ जनाले पहिलो मात्रा र १ दुवै मात्रा लगाउनेको संख्या १ करोड, ५४ लाख ८२ हजार ८७ पुगेको छ । साथै ६ लाख ३ हजार ४०८ जनामा अतिरिक्त मात्राको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा आज २५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

वि.सं.२०७८ माघ २२ शनिवार १७:४४ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...