back
CTIZAN AD

इंल्याण्डलाई पराजित गर्दै भारतले जित्यो एकदिवसीय विश्वकपको उपाधि

वि.सं.२०७८ माघ २३ आइतवार

774 

shares

२३ माघ, काठमाडौँ । इंल्याण्डलाई पराजित गर्दै भारतले यू-१९ एकदिवसीय विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ । भारतले यू-१९ एकदिवसीय विश्वकपको फाइनल खेलमा इंल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो ।

फाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डको टिम ४४.५ ओभरमा १८९ रन बनाएर अलआउट हुन पुगेको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा जेम्स रेउले सर्वाधिक ९५ रन बनाएका थिए । त्यसैगरी जर्ज थॉमसले २७, जेम्स सेल्सले ३४, रेहान अहमद र एलेक्स होर्टनले समान १०/१० रन बनाएका थिए । यी ५ खेलाडी बाहेका इंल्याण्डका अरु खेलाडीले दोहोरो अकंमा रन जोड्न सकेनन् । भारतका लागि बलिङ्गमा भने राज बावाले सर्वाधिक ५ र रवि कुमारले ४ विकेट हात पारेका थिए ।

इंल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि ब्याटिङ्गमा शेख रशीद र निशान्त सिन्धुले समान ५०/५० रनको अर्धसतकीय पारी खेलेका थिए । इंल्याण्डका लागि बलिङ्गमा जोशुआ बोइडेनले सर्वाधिक २ विकेट हात पारेका थिए

भारतले यो पाँचौँ पटक यू-१९ एकदिवसीय विश्वकपको उपाधि आफ्नो नाममा गरेको हो ।

वि.सं.२०७८ माघ २३ आइतवार १०:४३ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...