काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रशन आवेदन फारमको थप म्याद सम्बन्धी सूचना जारी गरेको छ ।
बोर्डले शैक्षिक सत्र २०७८\७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन आवेदन फारमहरु बुझाउने समय माघ ७ गतेसम्म राखेकोमा डबल दस्तुर तिरेर माघ मसान्तसम्म बुझाउन सकिने सूचना जारी गरेको हो ।
यसअघि माघ ७ गतेसम्मको अवधि राखिएकोमा विविध कारणले बोर्डका कार्यालयमा फारम बुझाउन छुट भएका विद्यार्थीहरुले माघ मसान्तससम्म डबल दस्तुर तिरेर सम्बन्धीत विद्यालयमार्फत् बोर्डको कार्यालयमा फारम बुझाउन सकिने छ ।

वि.सं.२०७८ माघ २३ आइतवार १०:०९ मा प्रकाशित






























