२३ माघ, काठमाडौँ । भारत र वेस्टइंंडिज बिचको पहिलो एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजको टिम ४३.४ ओभरमा १७६ रन बनाएर अलआउट हुन पुगेको छ ।
वेस्टइंडिजका लागि ब्याटिङ्गमा जेशन होल्डरले सर्वाधिक ५७ रन बनाएका थिए भने फेबियन एलेनले २९, ड्यारेन ब्राभो र निकोलस पूरनले समान १८/१८, ब्रान्डन किंगले १३ र अल्जारी जोसेफले ११ रनको पारी खेलेका थिए । भारतका लागि युजवेन्द्र चाहलले घातक बलिङ्ग गर्दै सर्वाधिक ४ विकेट हात पारेका थिए । त्यसैगरी वाशिंगटन सुन्दरले ३, प्रसिद्ध कृष्णले २ र मोहम्मद सिराजले १ विकेट लिएका थिए ।
पहिलो एकदिवसीयमा जित हासिल गर्नको लागि भारतले ५० ओभरमा १७७रन बनाउन पर्ने छ ।
वि.सं.२०७८ माघ २३ आइतवार १७:०५ मा प्रकाशित


























