back
CTIZAN AD

पहिलो एकदिवसीयमा भारत ६ विकेटले विजयी, रोहित शर्माको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ माघ २४ सोमवार

822 

shares

२४ माघ, काठमाडौँ । भारत र वेस्टइंडिज बिचको पहिलो एकदिवसीयमा भारतले ६ विकेटले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजको टिम ४३.४ ओभरमा १७६ रन बनाएर अलआउट हुन पुगेको छ । वेस्टइंडिजका लागि ब्याटिङ्गमा जेशन होल्डरले सर्वाधिक ५७ रन बनाएका थिए भने फेबियन एलेनले २९, ड्यारेन ब्राभो र निकोलस पूरनले समान १८र१८, ब्रान्डन किंगले १३ र अल्जारी जोसेफले १३ रनको पारी खेलेका थिए । भारतका लागि युजवेन्द्र चाहलले घातक बलिङ्ग गर्दै सर्वाधिक ४ विकेट हात पारेका थिए । त्यसैगरी वाशिंगटन सुन्दरले ३, प्रसिद्ध कृष्णले २ र मोहम्मद सिराजले १ विकेट लिएका थिए ।

वेस्टइंडिजले दिएको १७७ रनको सामान्य लक्ष्य भारतले २८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि ब्याटिङ्गमा कप्तान रोहित शर्माले ५१ बलमा ६० रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी इशान किसनले २८, रिषभ पंतले ११, विराट कोहलीले ८, सूर्याकुमार यादवले ३४ र दिपक हुड्डाले २६ रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ वेस्टइंडिजका लागि अल्जारी जोसेफलेले सर्वाधिक २ विकेट लिएका थिए ।

जितसँगै भारतले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १०:४३ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...