रुपन्देही । बुटवलमा आज बिहान भएको दुर्घटनामा मृत्यु भएका तीस्नजनाको पहिचान खुलेको छ ।
उक्त दुर्घटनामा परेर मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको लुम्बिनी ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।
बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु२ख ९७७२ नम्बरको ट्रकमा लु३च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । रासस
बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाइते
वि.सं.२०७८ माघ २४ सोमवार ०९:३९ मा प्रकाशित






























