२४ माघ, काठमाडौँ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गले बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ कल सेन्टरको सेवा २३ माघ देखि संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ५९७००६८ नम्बरमा फोन गरी तथा कगउउयचत२अतशलदबलप।अयm मा ईमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्नेछन् ।
कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ । हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको छ । क्रमश सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको बैंकले जनाएको छ । देशभरी रहेका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसँगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले नगदरहित बैंकिङ्ग, व्यत्तिको उपस्थितबिनाको बैकिङ्ग, प्रणालिको स्व संचालनतर्फ अफूलाई अग्रगामी बनाउदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएका छन । अबको बैंकिङ्ग गा्रहकहरुलाई सरल , सुलभ, सुरक्षित, सहज बनाउदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गरे ।
सिटिजन्स बैंकले हाल देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७८ माघ २४ सोमवार १३:३१ मा प्रकाशित






























