back
CTIZAN AD

प्रचण्डले प्रष्टीकरणमै ‘सफेद झुट’ बोलेपछि…

वि.सं.२०७८ माघ २४ सोमवार

594 

shares

काठमाडौं । एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखेको पत्रले राजनीतिक वृत्तमा अहिले तरंग मच्चिएको छ । पत्रले विशेषगरी माओवादी केन्द्रभित्र ठूलै अन्तरद्धन्द्ध नै सिर्जना गराएको छ । एमसीसीबारे माओवादी केन्द्रले लिइरहेको धारणा र पत्रमा उल्लेखित विषय निकै फरक हुँदा अन्तरद्धन्द्धको अवस्था सिर्जना भएको हो ।

देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा एमसीसी अनुमोदनका लागि आफुँहरु सकारात्मक भएको र वातावरण मिलाउन थप केही समय आवश्यक पर्ने उल्लेख छ । पत्रमा देउवा र प्रचण्डले एमसीसीको पक्षमा माहोल सिर्जना गर्न एमसीसी मुख्यालयसँग समय माग गरेका छन् ।

पत्रमा विशेषगरी ६ वटा बुँदामा देउवा र प्रचण्डले प्रतिबद्धता जनाइएका छन् । एमसीसीबारे गठबन्धनबीचमा व्यापक छलफल गर्ने, एमसीसीबारे सरकारी साधन स्रोतको परिचालन गरि व्यापक प्रचार गर्ने, अनुमोदन गर्न सकारात्मक छ भन्ने सन्देश दिन संयुक्त पत्रकार सम्मेलन गर्ने, सरकारी सञ्चार माध्यमलाई एमसीसीको प्रचार गर्न प्रयोग गर्ने, एमसीए नेपाललाई सहयोग गर्ने र सम्झौता अनुमोदनका लागि सभामुखसमक्ष पहल गर्ने ।

उल्लेखित ६ बुँदाले दुवै नेताको धारणा समान छ भन्ने देखाउँछ । र, दुवै दल एमसीसी पारितका लागि सकारात्मक भएको पनि स्पष्ट पारेको छ ।

तर, माओवादीभित्रै निकै ठूलो हलचली मच्चाएको पत्रबारे भने अध्यक्ष प्रचण्डको सचिवालयले सिधा–सिधा झुट बोलेर जनतालाई झुक्याउने प्रयास गरेको छ । अध्यक्ष प्रचण्डको सचिवालयले लेखेको प्रष्टकीरणमा माओवादी केन्द्र एमसीसी परिमार्जन बिना पारित गर्ने पक्षमा नरहेको बताएको छ । जुन तथ्यसँग कतै पनि मेल खाँदैन ।

प्रचण्डको सचिवालयले प्रष्टीकरणमा एमसीसी मुख्यालयलाई लेखिएको पत्र राष्ट्रिय हित र गठबन्धन सरकारको रक्षाको निम्ति लेखिएको जिकिर गरेको छ । तर, मुख्यालयलाई देउवा र प्रचण्डले लेखेको पत्रमा एमसीसीबारे आफुँहरु सकारात्मक भएको र पास गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

No description available.

यस्ताे छ ६ बुँदा प्रतिबद्धता

– एमसीसीबाट प्राप्त भएका प्रष्टिकरणबारे पार्टीका सदस्यलाई राम्ररी बुझाउन गठबन्धन साझेदारहरूसँग छलफल गर्नेछौं।

– एमसिसी कार्यान्वयनका लागि सरकारको सहयोग छ भन्ने जानकारी दिन र एमसिसीबारेका गलत बुझाइ र आरोपको खण्डन गर्न नेपाल सरकारको साधनस्रोत प्रयोग गरेर जनतामा प्रचार गर्नेछौं।

– एमसीसी अनुमोदनका लागि सरकार सकारात्मक छ भन्ने देखाउन गठबन्धनका साझेदार नेताहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नेछौं।

– सरकारी सञ्चारमाध्यममार्फत् एमसिसी सम्झौताबारे यथार्थ सूचना सम्प्रेषण गर्नेछौं।

– सम्झौता चाँडो लागू गर्न आयोजनाका प्राविधिक पक्ष र सञ्चारसम्बन्धी कार्य छिटो सक्न एमसिए-नेपाललाई प्रोत्साहित गर्नेछौं।

– जतिसक्यो चाँडो सम्झौता अनुमोदनका लागि प्रस्ताव संसदमा टेबल गर्न प्रतिनिधि सभाका सभामुखलाई संयुक्त रूपमा अनुरोध गर्नेछौं।

 

मर्यादा विपरीतको पत्र

देउवा र प्रचण्डको पत्रले मर्यादाको विषयलाई उठाएको छ । एउटा बहालवाला प्रधानमन्त्री र अर्को पूर्वप्रधानमन्त्री जस्तो व्यक्रि कुनै नियोगको प्रमुखलाई पत्र पठाउने विषय नै पदीय मर्यादा विपरितको काम भएको धेरैको बुझाई छ ।

एमसीसी परियोजना प्रमुखलाई सरकारी कुनै निकाय वा पार्टीको विदेश विभागअन्तर्गत पत्रचार गर्न सकिने अवस्था रहने माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी बताउँछनन् । उनका अनुसार देउवा–प्रचण्डको पत्रले सो विषयलाई प्रश्नमा उठाएको छ ।

“प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसीको अध्यक्षलाई किन पत्र लेख्नुभयो बुझन् सकेको छैन”, नेता श्रेष्ठले सञ्चारमाध्यमलाई भनेका छन्, “बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री आफैले पत्र नपठाएको भएको हुन्थ्यो, यो काम अर्थ मन्त्रालयमार्फत गराएको भए राम्रो हुन्थ्यो ।”

वि.सं.२०७८ माघ २४ सोमवार १३:४३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...