back
CTIZAN AD

यी हुन् मुखको क्यान्सरका लक्षण, हेर्नुहोस् कसरी बच्न सकिन्छ त ?

वि.सं.२०७८ माघ २४ सोमवार

3.6K 

shares

मुखमा भएका कोषहरु अनियन्त्रित रुपमा बढ्न थाल्ने र ती भागहरु असामान्य देखिन थाल्नु क्यासरका लक्षण हुन् ।

मुखका कोषहरुको वृद्धि भएपछि मुखमा गिर्खा आउनु, घाउ खटिरा हुनु तथा गिर्खाहरु फाल्दा पनि झन बढेर आउनुलाई क्यान्सर भएको मान्न सकिन्छ । तर, मुखको क्यान्सर भयो भन्दैमा आत्तिनु पर्दैन । त्यसको सहि उपचार गरेमा पूर्णरुपमा निदान गर्न सकिने पनि स्वास्थ्य विज्ञ बताउँछन् ।

कसरी हुन्छ त मुखको क्यान्सर ?
मुखको क्यान्सरका मुख्य कारणहरुमा सुर्तीजन्य पदार्थको सेवन क्यान्सर बनाउने हजारौ रासयन र ४५ तत्व, रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुन्छ । साथै शरिरमा आइरन, भिटामीन ए, ई र सीको कमी, दाँतको समस्या तथा फोहर मुख, विभिन्न भाइरल, व्याक्टेरियल र फङ्गल इन्फेक्सन, सुर्यको प्रकाशबाट निस्कने अल्ट्रभाइलेट विकिरण र एक्सरे पनि क्यान्सर रोगका कारण हुन् ।

यस्ता हुन्छन् लक्षण
मुखको क्यान्सरको कुनै चिन्ह वा लक्षण हुन्छ भनेर भन्न नसकिएपनि यसका लक्षण यसप्रकार हुन्छन् । जस्तै मुखमा दाग धब्बा वा पत्र देखिनु, स्वाद फरक पाउनु, घाँटीमा गिर्खाहरु देखापर्नु, नदुख्ने वा दुख्ने घाउँ खटिराहरु देखिनु, मसालादार खाना खाँदा पोल्नु, घाउ खटिराको आकार बढ्दै जानु, र्याल बढी आउनु, अस्वभाविवक रक्तश्राव हुनु, खान, निल्न र पिउन अप्ठेरो हुनुलगायतका लक्षणहरु देखिन्छन् ।

कसरी बच्ने त ?
क्यान्सर लाग्नबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन तथा मद्यपान नगर्ने, संक्रमणको उपचार गर्ने, दीर्घकालिन चोटपटक तथा घर्षणबाट मुक्त रहने, राम्रोसँग मुखको सफाई गर्ने तथा बेला बेलामा कुल्ला गर्ने, दाँतको समस्याको समयमा नै उपचार गर्ने, सन्तुलित खाना तथा हरियो सागपात र फलफूल खाने र अखाद्य तथा रसायनिक पदार्थको संसर्गमा नआउने गर्न सकियो भने क्यान्सरबाट बच्न सकिन्छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १५:३६ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...