back
CTIZAN AD

चार दिनदेखि मध्यपहाडी राजमार्ग ठप्प

वि.सं.२०७८ माघ २४ सोमवार

768 

shares

गलकोट । हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन । हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि अवरुद्ध बनेको हो ।

वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छ । शुक्रबार रातिदेखि परेको हिमपातले शनिबार बिहानसम्म बागलुङका ग्रामीण क्षेत्र पनि हिउँले सेताम्मे बनेका थिए । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ ।

बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अत्यधिक हिमपात भएपछि यातायात ठप्प भएको हो । निसीखोलाको सीप क्षेत्रदेखि माथिल्लो भेगमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको स्थानीयवासी अबिन घर्ती मगरले जानकारी दिए । उनले सिमानाभन्दा तल्लो क्षेत्रमै दुई फिटभन्दा बढी हिउँ जमेको भन्दै सिमाना अझ बढी हिउँ भएको बताए ।

काठमाडौँदेखि पूर्वी रुकुमका लागि छुटेका गाडी रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरुलाई यातायातमा समस्या भएको छ । बागलुङ हुँदै पोखरा, काठमाडौँलगायत देशका मुख्य सहरमा जाने यात्रु सडक अवरुद्धका कारण रोकिनु परेको छ । यस क्षेत्रमा यो तेस्रो पटकको हिमपात हो । पहिलो र दोस्रो पटक हिमपात हुँदा केही कम परेको भए पनि यस पटक भने अत्यधिक परेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए । उनले अवरुद्ध भएको लोकमार्ग तत्काल खुलाउन नसकिने बताए ।

वि.सं.२०७८ माघ २४ सोमवार १५:४५ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...