back
CTIZAN AD

सिटिजन्सको शाखा रहित बैंकिङ सेवा सुवानेमा

वि.सं.२०७८ माघ २४ सोमवार

855 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गर्दै गएको छ ।

यसै क्रममा बैंकले ललितपुर जिल्लाको बागमती गाउँपालिका, सुवानेमा यहि माघ २२ गतेबाट ९१ औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । शाखा रहित बैंकिङको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ । यसबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फाइदा लिन सक्नेछ भन्ने बैंकले आशा गरेको छ ।

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी १ सय ७४ वटा शाखा, १ सय २३ वटा एटिएम र ९१ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०७८ माघ २४ सोमवार २१:२१ मा प्रकाशित

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...