back
CTIZAN AD

कम गुणस्तरका सामग्रीहरु ब्राण्डेड भन्दै बिक्री गरी ठगी गरेको आरोपामा पक्राउ

वि.सं.२०७८ माघ २५ मंगलवार

606 

shares

बर्दिया । बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा सर्वसाधरणलाई झुक्याई कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बिक्री गरी ठगी गरेको आरोपामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२५का प्रकाश बराल क्षेत्री रहेका छन् । उनलाई सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-६ स्थित बङ्लामुखी बिद्यालयको परिसरमा उक्त सामग्रीहरु बिक्री बितरण गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनको साथबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साईबर एण्ड लाईबेरीको नाममा रहेको बिल ठेली ४ थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि १८ थान, कि बोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताब लगायतका विभिन्न शब्दकोश ३० थान, बिभिन्न पुस्तक र क्यालेण्डर भएको कार्टुन २९ थान बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १३:५८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...