२५ माघ, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) मा दोहोरो अकंको गिरावट आएको छ । आज नेप्से १६ दशमलव ३० अकंले घटेर समग्र परिसूचक २८३५ दशमलव ५८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ८२ अकंले घटेर ५३२ दशमलब ४९ बिन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २३० कम्पनीका ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैंयाँ बराबरका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७१ हजार ३ सय ४० पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एचआईडिसिएल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै कमाउनेमा नेपाल इन्स्योरेन्स, बुद्धभुमी नेपाल हाईड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, विन नेपाल लघुवित्त, समृद्धि फाइनान्स लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने लिबर्टी इनर्जी, नेपाल हाईड्रो डेभलपर्स, बोटलर्स नेपाल, युनिभर्सल पावर कम्पनी, तेह्रथुम पावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ माघ २५ मंगलवार १५:२१ मा प्रकाशित




























