back
CTIZAN AD

नर्भिकले मुख्य भवनमा कोभिडको उपचार नगर्ने

वि.सं.२०७८ माघ २५ मंगलवार

657 

shares

काठमाडौं । कोरोना संक्रमितको दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि कोभिड संक्रमितको उपचार नगर्ने भएको छ ।

कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर उपचार गरेको थियो ।

तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट कोभिड नभएकाहरुलाई मात्रै सेवा प्रवाह गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए ।

हाल अस्पतालमा कोभिड क्रिटिकल युनिट १५ शैयाको छ ।

उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट गर्ने बताए ।

नर्भिकले केही समय अघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरुवात गरेको थियो । सो सेवासमेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ ।

सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहनेसमेत मिश्रले बताए । नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको उपचार सेवा प्रवाह हुनेछ ।

सर्वसाधारणले ढुक्क भएर पहिलाको जस्तै स्वास्थ्य सेवा लिन सक्ने उनको भनाई छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार २२:०५ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...