back
CTIZAN AD

अमेरिकी जेलमा वर्षौदेखि यौन दुव्र्यवहार भोग्नुपरेको महिला कैदीको भनाइ

वि.सं.२०७८ माघ २६ बुधवार

768 

shares

वासिङटन । क्यालिफोर्नियाको डब्लिनस्थित सङ्घीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुव्र्यवहार’ गरेको बताएको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ ।

सङ्घीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन् ।

महिला कैदी तथा कामदारको भनाइले जेलमा ‘स्वीकृत र विषाक्त संस्कृति’ भेटिने पुष्टि भएको हो । यसले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीहरूद्वारा वर्षौंको ‘यौन दुराचार’ को सामना गर्नुपरेको उनीहरूले बताएका छन् । यद्यपि यस्ता दुव्र्यवहारलाई पीडितबाहेकका सर्वसाधारणको नजरबाट छिपाइने गरेको उनीहरूको भनाइ छ ।

अध्ययन रिपोर्टमा भनिएको छ, “डब्लिनमा अहिलेसम्म यी नै र यसप्रकारका दुव्र्यवहारमा दोषी चार जना गिरफ्तार भएका आरोपहरूका कारण सङ्कटग्रस्त सङ्घीय जेल ब्युरोभित्र महामारीका समय ठूलो समस्या भएको छ ।

सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुव्र्यवहारका ४२२ वटा गुनासो गरिएको थियो भने तीमध्ये चार जनालाई प्रमाणित गरिएको थियो र २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ ।सिन्ह्वा

file photo

वि.सं.२०७८ माघ २६ बुधवार ०८:५१ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...