काठमाडौं । गत मंंसिर १५ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिबेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका निर्वतमान अध्यक्ष कमल थापा यतिबेला नयाँ पार्टी खोल्ने तयारीमा रहेको खबर फैलिएको छ ।
उनै थापाले मंगलवार राप्रपाबाट अलग भएको घोषणा गर्दै पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्ति सुधारका लागि आफुले गरेका प्रयासहरुको सुनवाइ नभएको भन्दै पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
राप्रपामा लामो समय राजनीतिक जीवन बिताएका थापाले पार्टी छोडेको घोषणा गरिरहँदा देश विदेशबाट उनका पक्ष र विपक्षमा टिप्पणीहरु गरिएका छन् ।
यसै सन्दर्भमा अष्ट्रेलियाबाट चन्द्र तिवारीले कमल थापाले आफ्लाई बाघै सम्झेको टिप्पणी गरेका छन् ।
तिवारीले भनेका छन्–
कमल थापालाई लागेको थियो यो पार्टिमा उनलाई च्यालेन्ज गर्ने कोहि माइकला जन्मेकै छैन ! एकदिन भर्खर भर्खर दौडिन सुरु गरेको राजेन्द्र लिङ्देन नाम गरेको बाछो ले भन्यो ‘म हजुरसँग अध्यक्षमा भिड्छु !’ थापाले मजाक सम्झे ! मजाक मै भने –‘ल हिड टुडिखेलमा गएर दौडौ जसले जित्छ उहि अध्यक्ष हुन्छ !’ भर्खर–भर्खर कुदन सुरु गरेको बाछोले उनको पाइन नापिसकेको थियो । र फेरि भन्यो ‘मजाक होइन म वास्तवमै हजुरसँग यो पटक भिड्छु ।’
अलि बुढो भए पनि आफुलाई कमल थापा बाघ नै सम्झन्थे । पशुपति शम्शेर, प्रकाश चन्द्र लोहनी जस्ता भेट्रानलाई ढलाइसकेका थापालाई आफुसँग लेबल नमिल्ने लिङ्देन जस्ता बिरालाले च्यालेन्ज गर्दा उनको इगो हर्ट् भयो र भने–मिलेन तेरो लेबल मसँग भिड्नलाई जा गएर तेरो बा लाई बोला ।’
उता बाछो लिङ्देनले नागर्जुनतिर खबर पुर्यायो ! नागर्जुन तिरका बा ले आफ्नो शक्ति देखाए र थापालाई ढलाइदिए । ढलेर रगताम्य भएका थापाले कुन बा बोलाउछन् आगामी दिनमा देखिएला ! बा बिना केहि चल्दैन भन्ने बुझेर उनि बा बोलाउनका लागि भएपनी अहिले रा.प्र.पा छोडन वाध्य भए !’
वि.सं.२०७८ माघ २६ बुधवार १४:४५ मा प्रकाशित






























