back
CTIZAN AD

नाडाले भेटघाट तथा छलफललाई तिव्रता दिदै

वि.सं.२०७८ माघ २६ बुधवार

693 

shares

काठमाडौं । नाडाको नेतृत्वमा ध्रुव थापा आएसँगै नाडाले मन्त्रालय तथा विभागहरुसँगको भेटघाटलाई तिव्रता दिएको छ ।

केही दिन अघि नाडाका अध्यक्ष थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डलले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसंग भेटी मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदुषण मापदण्ड वि.यस ६ को कार्यान्वयनका सम्बन्धमा छलफल ग¥यो ।

सो छलफलमा नाडाले मन्त्री यादवसमक्ष सरकारले ल्याउन लागेको युरो ६ लागु गर्ने प्रस्तावलाई स्वागत गर्दै त्यसलाई चरणरवद्ध रुपमा लागु गर्न आग्रह गरेको जनाएको छ ।

नेपालमा युरो ६ लागु गर्ने सम्बन्धमा आवश्यक भौतिक तथा दक्ष प्राविधिक शक्ति तयार भइनसकेको तर्क गर्दै नाडाको टोलीले मन्त्रीसमक्ष सो अनुरोध गरेको जनाइएको छ ।

त्यस्तै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटी चालुपुंजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गरेको छ ।
उपाध्यक्ष श्रेष्ठले बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसीयोलाई परिमार्जन गर्नुपर्ने बताए ।

राष्ट्रबैंकले हाल कायम गरेको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने व्यवस्थाका लागि उपाध्यक्ष श्रेष्ठको टोलीले अनुरोध गरेको नाडाले जनाएको छ ।

सोहीक्रममा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट बृद्धि गरेर ५० प्रतिशत पु¥याउँदा आपुर्तीमा असहजता पैदा भएको जानकारी दिएको छ ।

त्यसले सवारी साधनहरुको मूल्य समेत बढनगई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिन अनुरोध गरेको छ । एलसी मार्जिनको लागि राखेको धितो रकममा बैंकहरुले व्यवसायीहरुलाई व्याज समेत दिने व्यवस्थाका लागि समेत नाडाले राष्ट्रबैंकसमक्ष अनुरोध गरेको छ ।

नाडाले भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटासंग भेटी भन्सार मूल्यांकन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरु लगायत ७० औं विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे थियो ।

त्यस्तै नाडाले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल, वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठ, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, राजस्व अनुसन्धा विभागका महानिर्देशक प्रकाश पौडेल, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशीसंग सम्बन्धीत निकायहरुको विषयमा छलफल गरेको जनाएको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार २१:४८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...