काठमाडौं । ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी र धार्मिक सेवालाई सहयोग गरेको छ ।
बैंकले मार्फत कोहलपुर नगरपालिका वडा नं. १५ स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरु हस्तान्तरण गरेको छ ।
शम्सेरगंज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर केसीले उक्त नगरका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा डेलिभरी बेडहरु हस्तान्तरण गरेको हो ।
साथै बैंकले काठमाडौं स्थित पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको कृयापुत्री भवनलाई ग्याँस गिजरहरु हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलिप राज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कंडेलले संयुक्त रुपमा समितिलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्य अनुरुप सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले हाल १०९ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
वि.सं.२०७८ माघ २६ बुधवार २१:५० मा प्रकाशित





























