back
CTIZAN AD

दुई हप्तादेखि सञ्चारविच्छेद भएपछि स्थानीय सेवाग्राही मर्कामा

वि.सं.२०७८ माघ २८ शुक्रवार

858 

shares

सिमकोट । हुम्लाको उत्तरी उच्च भागमा अवस्थित नाम्खा गाउँपालिकाको वडा ६ लिमी दुई हप्तादेखि सञ्चार सम्पर्कमा जोडिन सकेको छैन । वडा नं ६ लिमीमा रहेको वल्र्डलिङ्क कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएका हो । करिब दुई हप्तादेखि उक्त इन्टरनेटले काम नगरेपछि यस क्षेत्रका स्थानीय सेवाग्राही मर्कामा पर्दै आएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

वल्र्डलिङ्क कम्युनिकेशनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडाध्यक्ष तामाङले जानकारी दिए । इन्टरनेट सेवामार्फत हुने विभिन्न काम इन्टरनेटमा खराबी आएपछि प्रभावित भएको छ । नाम्खामा गत बिहीबार र शुक्रबार भारी हिमपात भएका कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ । बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइवर, फेसबुक, वाटसप र विथच्याटबाट हुने कामसमेत प्रभावित भएको अध्यक्ष तामाङले जानकारी दिए ।

जिल्लाको सबैभन्दा बाक्लो र बढी हिमपात हुने क्षेत्र उक्त गाउँपालिका भएकाले पनि सदरमुकाम सिमकोटबाट इन्टरनेट मर्मतका लागि प्राविधिक टोली खटिन समस्या भएको अध्यक्ष तामाङले बताए ।

 

वि.सं.२०७८ माघ २८ शुक्रवार १२:०८ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...