back
CTIZAN AD

विकास कार्यमा तीन तहको समन्वय र सहकार्य आवश्यक छ : मन्त्री सोडारी

वि.सं.२०७८ माघ २८ शुक्रवार

819 

shares

मार्तडी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन । बाजुराको पर्यटकीय र कृषि क्षेत्रमा सम्भावना थुप्रै रहेकाले प्रवद्र्धन गर्नका लागि प्रदेश सरकार तयार रहेको मन्त्री सोडारीको भनाइ छ ।

प्रदेश सरकारका गौरवका आयोजना मार्तडी–कोल्टी, मार्तडी–घटमुना, बल्दे आटिचौर लगायतका सडक तत्काल निर्माण गरी सञ्चालन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । उनले भने, “केन्द्रको सरकारको गठबन्धनले प्रदेश सरकारमा कुनै असर गर्दैन । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजवादी ठूलो दल भएकाले कांग्रेससँग कुनै सम्बन्ध छैन ।” नेकपा समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोडारीले अन्य दलसँग सहकार्य गरेर पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने जानकारी दिए ।

 

वि.सं.२०७८ माघ २८ शुक्रवार १४:०० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...