back
CTIZAN AD

भारतमा निरन्तररुपमा घट्दै कोरोना संक्रमितको संख्या

वि.सं.२०७८ माघ २९ शनिवार

714 

shares

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ ।

केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ ।

सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै रहेका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

भारतमा पछिल्लो एक दिनमा एक लाख ३६ हजार ९६२ लाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।
अधिकारीका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड १४ लाख ६८ हजार १२० पुगेको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ८०४ को मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख सात हजार ९८१ रहेको छ । एएनआई

वि.सं.२०७८ माघ २९ शनिवार १८:०९ मा प्रकाशित

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...