back
CTIZAN AD

अमेरिकाले पोल्याण्डमा थप ३,००० सैनिक पठाएको पुष्टि

वि.सं.२०७८ माघ २९ शनिवार

720 

shares

वासिङ्टन, अमेरिका । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ।

ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय“ आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ।

मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। “राष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३,००० सिपाहीहरूलाई पोल्याण्ड पठाउन आदेश दिएको,“ एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ–मेल गरेको विज्ञप्तिमा उल्लेख छ।

सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ।

“एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदै छ यसअघि १,७०० सिपाहीहरू सँग सम्मिलित हुनेछन् ।

अस्टिनले जर्मनीमा अर्डर गरेको १८ औं एयरबोर्न कोर्प्स मुख्यालय ३०० सदस्यहरू पनि देशमा आइपुगेका छन् ।

पाँच हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नाटो सहयोगीहरूलाई गठबन्धनको पूर्वी भाग विरुद्ध सम्भावित आक्रमणलाई रोक्नको लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ, विज्ञप्तिमा थपिएको छ।

यसै बीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत भएको बताइन् एएनआई÷स्पुतनिक

वि.सं.२०७८ माघ २९ शनिवार १८:३८ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...