back
CTIZAN AD

सभामुखको आव्हानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै

वि.सं.२०७८ फागुन २ सोमवार

837 

shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज दिउँसो सर्वदलीय बैठक बस्दैछ ।

सभामुख सापकोटाले पछिल्ला समयमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।

सिंहदरवारस्थित संसद सचिवालयमा बस्ने उक्त बैठकमा एमालेद्धारा गर्दै आएको संसद अवरोध खुलाउने तथा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधिश जवराविरुद्ध पाँच दलीय सत्तारुढ गठबन्धनका ९८ सांसदको समर्थनमा आइतवार विभिन्न २१ कारण देखाउँदै महाभियोग दर्ता गराएको छ । आइतबार बिहान गठबन्धनका ९८ सांसदको समर्थनसहित महाभियोग दर्ता गराइएको हो ।

त्यसैगरी एमाले विभाजन हुनुको मुख्यक कारक सभामुख अग्नि सापकोटा रहेको आरोप लगाउँदै एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै सभामुखको राजिनामा माग्दै आएको छ।

वि.सं.२०७८ फागुन २ सोमवार ०८:३३ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...