back
CTIZAN AD

नेपालले आज आयरल्याण्डको सामना गर्दै, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ फागुन २ सोमवार

822 

shares

२ फागुन, काठमाडौँ । ओमानमा जारी चार देशीय टी-२० क्रिकेट श्रृखला अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा आयरल्याण्डको सामना गर्दै छ ।

यस चार देशीय टी-२० क्रिकेट श्रृखलामा दुवै टिमले एक खेलमा जित र एक खेलमा हारको सामना गरेका छन । दुवै टिमले ओमान विरुद्ध जित निकालेका थिए भने युएई विरुद्धको खेलमा पराजित भएका थिए ।

यी दुई टिमबिच अहिलेसम्म २ खेल भएको छ जसमा आयरल्याण्डले दुवै पटक जित हासिल गरेको हो । चोटका कारण पहिलो र दोस्रो टि-२० अन्तराष्ट्रिय खेल गुमाएका कुशल भुर्तेल र करण केसीले आजको खेल खेल्ने सम्भावना उच्च रहेको छ । त्यसैगरी अविनाश बोहराले पनि आज प्लेइङ्ग-११ मा मौका पाउन सक्छन ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ्ग-११
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, कुशल मल्ल/आरिफ शेख, लोकेश बम, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा/साहब आलम, सन्दीप लामिछाने ।

वि.सं.२०७८ फागुन २ सोमवार १२:१२ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...