back
CTIZAN AD

प्रधानन्यायाधीशविरुद्व महाभियोग : थप अराजकताको सुरुवात

वि.सं.२०७८ फागुन २ सोमवार

771 

shares

सत्ता गठबन्धनले अप्रत्यासित रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व महाभियोग प्रस्ताव ल्याएका छन् । न्यायालयभित्रको गतिरोधलाई अन्त्य गर्न महाभियोग बाध्यात्मक रुपमा ल्याइएको दलहरुको जिकिर छ । तर, दलहरुले न्यायालयभित्रको विवाद समाधान नभई अन्य राजनीतिक मुद्दाबाट प्रेरित भएर महाभियोग ल्याएको देखिन्छ । महाभियोग दर्तासँगै गठबन्धनका नेताहरुले दिएको प्रारम्भिक प्रतिक्रियाले पनि सो दिशातर्फ संकेत गरेका छन् । दलहरुले राजनीतिक मुद्दा र त्यसको लाभहानीको हिसाब गरेरै महाभियोग अघि बढाएको स्पष्ट हुन्छ ।

दलहरुले न्यायालयभित्रको विवाद समाधान नभई अन्य राजनीतिक मुद्दाबाट प्रेरित भएर महाभियोग ल्याएको देखिन्छ । महाभियोग दर्तासँगै गठबन्धनका नेताहरुले दिएको प्रारम्भिक प्रतिक्रियाले पनि सो दिशातर्फ संकेत गरेका छन् । दलहरुले राजनीतिक मुद्दा र त्यसको लाभहानीको हिसाब गरेरै महाभियोग अघि बढाएको स्पष्ट हुन्छ ।

अहिले नेपाली राजनीतिको केन्द्रमा अमेरिकी सहयोग परियोजना एमसीसीसँग सम्बन्धीत विषय मुख्य मुद्दाको रुपमा देखिएको छ । विशेषगरी सत्ता गठबन्धनभित्र एमसीसीको विषय निकै पेचिलो र असहज पनि बन्दै आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्नैपर्ने दबाबमा हुनु र माओवादी केन्द्र र एकीकृत समाजवादी पन्छाउन खोजिरहनुले केही पेचिलो अवस्था सिर्जना गरिरहेको थियो । एमसीसीले दलहरुका बीचमा अविश्वास मात्रै होइन गठबन्धन नै भंग गर्नुपर्ने संकट पनि सिर्जना गराएको थियो ।

एमसीसी मुख्यालयलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाएको पत्र सार्वजनिक हुनु र एमसीसी मुख्यालयले जवाफी पत्र पठाउनुसँगै विषय थप गम्भीरतातर्फ उन्मुख देखिएको थियो । एमसीसीको विषय जटिल बन्दै जाँदा नै राजनीतिक सरगर्मी तात्तिएको थियो । तर, एमसीसीले तात्तिएको अवस्थाका बीच महाभियोगको अप्रत्यासित प्रस्ताव अगाडि बढाइएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्व ल्याइएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । महाभियोग प्रस्तावविरुद्व एमालेले काउण्टर प्रस्ताव ल्याउन सक्ने सम्भावना छ । जुन विषयमा एमालेभित्र छलफल चलिरहेको छ । गठबन्धनको अप्रत्यासित महाभियोग प्रस्तावले मुलुकमा थप राजनीतिक अस्थिरता ल्याउनेमा सन्देह छैन ।

दलहरुले महाभियोगको प्रस्ताव ल्याउँदै गर्दा त्यसले राजनीतिक अवस्था थप जटिलता तर्फ डोर्‍याउने आकंलन गर्न सकिन्छ । महाभियोगको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी एमालेले चर्को असन्तुष्टी व्यक्त गरेको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । प्रधानन्यायाधीशविरुद्वको महाभियोगको प्रस्ताव गम्भीर षडयन्त्रपूर्णं र अदालतमाथिको प्रहार भएको एमालेको निष्कर्ष छ । महाभियोगको प्रस्ताव स्थानीय चुनाव नगराउने षडयन्त्रमा आधारित रहेको एमालेको निष्कर्ष छ ।

प्रधानन्यायाधीश राणाविरुद्व ल्याइएको प्रस्तावप्रति एमालेले काउण्टर प्रस्ताव ल्याउन सक्ने सम्भावना छ । एमालेले अन्य न्यायाधीशहरुविरुद्व महाभियोगको प्रस्ताव ल्याउन सक्ने संकेत गरिसकेको छ । जुन विषयमा एमालेभित्र छलफल चलिरहेको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्व यसअघि देखि नै महाभियोग ल्याउन कसरत गर्दै आएको थियो । अर्कोतर्फ, संसदको अंकगणित पनि एमाले सहमत नभई महाभियोग पारित हुने अवस्था छैन । गठबन्धनको अप्रत्यासित महाभियोग प्रस्तावले मुलुकमा थप राजनीतिक अस्थिरता ल्याउनेमा सन्देह छैन ।

वि.सं.२०७८ फागुन २ सोमवार १२:२० मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...