back
CTIZAN AD

नेप्सेमा झिनो अकंको वृद्धि

वि.सं.२०७८ फागुन २ सोमवार

636 

shares

२ फागुन, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) ० दशमलव ०८ अकंले बढेर समग्र परिसूचक २७०० दशमलव ९८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ भने ० दशमलब ३६ अकंले घटेर ५११ दशमलब ३० बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैंया बराबरको ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४९ हजार ८ सय ८२ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेशनल हाईड्रोपावर, नेपाल टेलिकम, अरुण भ्याली हाईड्रोपावर, अपी पवार, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, एचआईडिसिएल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाईड्रोपावर, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा बुद्धभुमी नेपाल हाईड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, नेशनल हाईड्रोपावर, किसान लघुवित्त, नेपाल हाईड्रो डेभलपर्स लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने मैलुङ्ग खोला जलविद्यृत, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन २ सोमवार १५:१३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...