काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक फागुन ८ मा बोलाएको छ ।
बैठकमा समसमायिक राजनीतिक विषयदेखि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची राखिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालले जनाएअनुसार बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ ।
गत २८ माघका लागि बोलाइएको बैठक स्थगित भएको १० दिन पछि माओवादीले केन्द्रीय समिति बैठक डाकिएको हो । गत मंसिर दोस्रो साता सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको भए पनि अन्य नेताको जिम्मेवारी अझै बाँडफाँट हुन सकेको छैन ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १२:३६ मा प्रकाशित






























