back
CTIZAN AD

के हो मन्त्री प्रेम आलेको अडियो काण्ड ? कसरी सार्वजनिक भयो ?

वि.सं.२०७८ फागुन ३ मंगलवार

744 

shares

काठमाडौं । अभिव्यक्तिकै कारण पटक–पटक विवादमा तानिएका मन्त्री प्रेम आले फेरि एक पटक अभिव्यक्तिकै कारण नराम्रोसँग विवादमा फसेका छन् । उनले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल बनेको हो । आफुविरुद्व सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै मन्त्री आले अछामका जगत ओलीविरुद्व खनिएका छन् ।

उनले अडियोमा निकै अश्लिल शब्द मात्रै बोलेका छैनन् “त्यहीँबाट उठाइदिने” र “हातखुट्टा काटिदिने” धम्की पनि दिएका छन् । दोहोरो भनाभन भएको उक्त अडियो सामाजिक सञ्जालमा जगत ओलीले नै सार्वजनिक गराएका हुन् ।

बारगेनिङ्ग नमिलेपछि अडियो सार्वजनिक

मन्त्री आलेसँगको भनाभनको अडियो स्वंय जगत ओलीले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गराएका हुन् । उनले “एउटा जाबो कमेन्ट पचाउन नसक्ने मन्त्री प्रेम आले हेरौ मैंले भाइरल हुन हो सब मान्छे तस्करीको आरोप लागेको हो भन्ने कमेन्ट गर्दा सबैले फ्यामिलिमा नसुनौ” भन्दै अडियो हालेका छन् ।

सोमबार राती सार्वजनिक उक्त अडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

मन्त्री प्रेम आलेले भने ओलीसँग त्यसरी कुराकानी नभएको दाबी गरेका छन् । उनले आफुसँग ५० लाख माग गरेको र नदिएपछि थप केही कुरा जोडेर अडियो सार्वजनिक गरेको बताएका छन् । एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले ५० लाख माग्दै ओलीले बारगेनिङ्ग गरेको बताएका छन् ।

ओलीले गरेको पैसाको बारगेनिङ्गको टेक्स म्यासेजको स्क्रीन सट मन्त्री आलेले सार्वजनिक गराएका छन् । सार्वजनिक म्यासेजको स्क्रीन सटमा ५० लाख दिए अडियो डिलेट गरिदिने प्रस्ताव गरिएको छ । उनलाई पटक–पटक ओलीले म्यासेज गर्दै ५० बारेको प्रतिक्रिया पाउँ भन्दै म्यासेज गरेका छन् ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १३:१७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...