३ फागुन, काठमाडौँ । आईसीसी टि-२० विश्वकप ग्लोबल छनोट अघि नेपाली राष्ट्रिय टिमलाई ठूलो झ्टका लागेको छ ।
राष्ट्रिय टिमका अलराउण्डर करन केसीले ढाडको चोटका कारणले आईसीसी टि-२० विश्वकप ग्लोबल छनोटका खेलका खेलहरु गुमाउने भएका हुन । करणले यस अघि ओमानमै भएको चारदेशीय टि-२० श्रृखलमा पनि गुमाएका थिए । आईसीसी विश्वकप ग्लोबल छनोटमा भाग लिन करण केसीको स्थानमा गुल्सन झा ओमान जाने भएका छन ।
ग्लोबल छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।
जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १३:३७ मा प्रकाशित



























