back
CTIZAN AD

अझै खुलेन दुईहप्ता पहिले भएको भारी हिमपात र वर्षातले अवरुद्ध सडक

वि.सं.२०७८ फागुन ३ मंगलवार

609 

shares

डोटी । जिल्लामा दुईहप्ता पहिले भएको भारी हिमपातसँगै परेको वर्षातका कारण अवरुद्ध भएका यहाँका ग्रामीण सडक सुचारु हुनसकेका छैनन् । समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फाष्ट ट्र्याकलगायतका सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षात्ले पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको छ ।

हिमपात र वर्षातका कारण अवरुद्ध भएका यहाँका अन्य ग्रामीण क्षेत्रका सडकमर्मत नगरिएका कारण यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ । सडक सुचारु नभएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म लाग्ने गरेको चालक बताउछन् । वर्षातले क्षत्विक्षत् भएका सडक नियमित मर्मत नहुँदा यात्रु गाडी चढ्नै डराउन थालेका छन् भने ठाउँ–ठाउँमा पहिरो र हिलाम्य सडक हुँदा यातायातका साधनसमेत जोखिमपूर्ण रुपमा सञ्चालन हुने गरेका शैलेश्वरी यातायात व्यवसायी प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताए ।

उनले भने,“वर्षा र हिउले गाउँका सडक भताभङ्ग बनाएका छन्, मर्मत नगरिँदा गाडी चलाउन गारो भएको छ, जोखिम पनि बढेको छ ।”वर्षात र हिमपातले यहाँका तल्कोट, मुडभारा, फलेडी, पूर्वे बगरलगायतका सडक अवरुद्ध भएका हुन् । हिमपात र वर्षातका कारण क्षति भएका यहाँका सडकमा यातायातका साधन र यात्रुले जोखिम मोल्ने गरेका छन् ।

सडकको अवस्था दयनीय भए पनि मर्मतमा भने कसैको ध्यान नपुगेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी माया बमले जानकारी दिए । सडक मर्मत नहुँदा बिरामीले समेत सास्ती भोग्ने गरेको उनको भनाइ छ । जिल्लाका ग्रामीण सडक मात्र नभइ, मुख्य राजमार्गको अवस्था झनै दयनीय छ ।

यहाँका तीन जिल्ला जोड्ने डा केआइसिंह राजमार्गको रडुवामा गएको असोजमा आएको बाढीपहिराले सडक नै बगाएपछि अहिले अस्थायी रुपमा सडक निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ ।

उक्त अस्थायी सडकमा ठूला मालबाहक सवारीसाधन सञ्चालन गर्न निकै जोखिम हुँदै आएको ट्रक चालक प्रकाश मल्लले बताए । उनले भने, “काम चलाउन साघुँरो सडक बनाइएको छ, कति बेला दुर्घटना हुन्छ थाहा छैन्, ज्यान जोखिममा राखेर गाडी चलाउन बाध्यछौँ ।”

यसैगरी जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना जोड्ने तथा शान्तिनगरदेखि नारीदाङ् जोड्ने सडक पनि मर्मत नभएका कारण यातायातका साधन सञ्चालनमा समस्या उत्पन्न हुने गरेको स्थानीयवासी बताउछन् । गाउँका सडक मर्मत नगरिएका कारण गाउँमा उत्पादन गरिएका साग तरकारी बजारसम्म लैजान नपाउदा गाउँमै कुहिने तथा गाईभैँसीलाई कुडो बनाउनुपर्ने अवस्था सिर्जना भएको केआइसिंह गाउँपालिकाका स्थानीयवासी वासुदेव जोशीले बताए । उनले भने, “गाउँमा प्रसस्त साग तरकारी फलेको छ, बजारसम्म लैजान सडक छैन्, किसनाले उत्पादन गरेका चिज बस्तु बारी कुहिँदै छन्, भने कतिपयले गाईभैँसीलाई कुडो बनाउन थालेका छन् ।”

जिल्लामा जताततै सडक खन्ने होडबाजी हुने तर वर्षात् हुँदा ती सडक बिग्रिने हुँदा मर्मत नगरिँदा समस्या हुने गरेको छ । वर्षातले जीर्ण भएका सडक समयमै मर्मत नहुँदा दुर्घटनाको जोखिमसमेत बढेको सवारी चालक बताउछन् । सडक मर्मत तथा सुचारुको जिम्मा पाएका यहाँका स्थानीय तह तथा सडक डिभिजन कार्यालयले मर्मतका लागि चासो नदिँदा समस्या भएको स्थानीयवासीको आरोप छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १३:१३ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...