back
CTIZAN AD

एकै ठाउँबाट कृषि, पशु र आयुर्वेद सेवा

वि.सं.२०७८ फागुन ३ मंगलवार

672 

shares

रामपुर । पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ । स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो ।

यहाँको वडा नं २ र ३ लाई पायक पर्ने गरी कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा शुभारम्भ गरिएको छ । वडा नं ३ आर्यभञ्ज्याङस्थित यसअघि सेवा रोकिएको पशु सेवा केन्द्रको भवनबाट एकीकृत सेवा सञ्चालन गरिएको हो । विभिन्न स्थानमा कार्यालय धाउँदा नगारिकले सास्ती खेप्नुपर्ने भएको हँुदा त्यसलाई दृष्टिगत गर्दै एकै स्थानबाट सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए ।

उन भन्छन्, “गाउँपालिकाले कर्मचारी र सेवाग्राहीमा आवश्यक समन्वय गरी सेवालाई थप प्रभावकारी बनाउने गरी प्राविधिक उपलब्ध गराउनेछ, एकीकृत सेवाले महत्वपूर्ण टेवा पुग्ने विश्वासका साथ थालनी गरिएको छ ।” भौगोलिक कठिनाइका कारण विभिन्न स्थानमा रहेका कार्यालयमा सेवा लिन जाँदा आवतजावतमा नागरिकले झमेला भोग्दै आएका थिए ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १२:५८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...