काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल हुन सक्ने संकेत गरेका छन् ।त्यसका लागि सभामुख अग्नि सापकोटालाई फोन गरेरै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्मा टेबल गर्नका लागि कुराकानी गरिसकेको बताएका छन् ।
मंगलवार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने–‘हामी एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने पक्षमा छौँ, मैले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु, ।’
बैठकमा प्रधानमन्त्री देउवाले बुधवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल हुने र त्यसको अनुमोदनका लागि सबै दलबाट सकारात्मक सहयोग हुने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले बैठकबाटै सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्थास समितिको बैठक बोलाउन भनेको समेत बताइएको छ ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १४:५२ मा प्रकाशित






























