back
CTIZAN AD

भ्यालेन्टाइन्स डेमा मेक्सिकोमा ६६१ जोडीले गरे विवाह

वि.सं.२०७८ फागुन ३ मंगलवार

642 

shares

३ फागुन । प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-प्रेमिकाले विवाह गरेका छन् ।

मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।
विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ बर्षिया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ । उनीहरुको भेटघाट पाँच बर्ष अगाडि भएको थियो ।

वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए ।

“मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रम मार्फत यसअघि नै विवाह गरेका थिए, उनीहरु अहिले खुशी नै छन, त्यसैले मैले पनि यही तरिका अपनाएँ,” विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने ।

धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन् । उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्र प्रदान पनि गरिएको थियो । “एकै ठाउँमा एकैचोटी ६६१ जोडिको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,” व्यवस्थापनमा खटिएकी एक महिलाले भनिन् ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १४:४४ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...