back
CTIZAN AD

कानुनमन्त्री दिलेन्द्र बडु भन्छन्–संसदको शुक्रवारको बैठकमा एमसीसी टेवुल हुन्छ

वि.सं.२०७८ फागुन ४ बुधवार

1.1K 

shares

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले एमसीसी परियोजना शुक्रवारको संसद बैठकमा टेवुल हुने बताएका छन् ।

बुधवारको प्रतिनिधिसभाको बैठकपछि मन्त्री बडुले दलहरुबीच दुइदिन सहमतिको प्रयास गरिने र त्यसपछि एमसीसी टेबुल गरिने जानकारी दिएका हुन् ।

मन्त्री बडुले मंगलवारको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग एमसीसीका लागि सहमति जुटाउन आग्रह तथा छलफलको प्रयत्न भएको बताएका छन् ।

‘त्यहि अनुरुप मंगलवार सत्तापक्षको बैठक बस्यो । बैठकमा पनि एमसीसीको प्रस्तावलाई सर्वसम्मतिमा टेवुल गरिनुपर्छ भन्ने छलफल भयो,’ मन्त्री बडुले संचारकर्मीसँग कुरा गर्दै भने, ‘हाम्रो पार्टीले पनि संस्थागत निर्णय गरेको छ ।’

मन्त्री बडुले २०६८ को सरकारबाट एमसीसी सुरु भएको, त्यतिबेला माओवादीको सरकार रहेको र त्यसको नेतृत्व बाबुराम भट्टराईले गरेको तथा त्यसपछिका सबै सरकारले यसलाई निरन्तर रुपमा अगाडि बढाउँदै आएको बताए ।

‘अहिलेको सरकार पनि यसलाई धेरैदिन पर्खेर बस्नु हँदैन । यो संसदमा टेबुल हुनुपर्छ र सार्वभौम संसदले त्यसमा प्रवेश गराउनुपर्छ । सडकको बहसले यसको टुंगो लाग्न सक्तैन । त्यसलै यसलाई टुंग्यायौं भन्ने अहिलेको सरकारको प्रस्ताव हो ।’ मन्त्री बडुले भने ।
उनले कांग्रेसले जसरी पनि एमसीसीलाई संसदमा टेबुल गर्ने र छलफलमा पुर्याउने बताउँदै दुईदिन समय राखेर त्यसमा थप सहमति जुटाएर फागुन ६ गतेको बैठकमा टेवुल गर्ने बताए ।

‘एकरातमा सहमति हुन सक्छ । सहमति हुने सम्भावना नर्काने होइन । ६ गते टेवुल गर्ने एउटा सहमति बनाउँदैछौं । आज र भोलीको दिनको प्रतिक्षा गरौं । सबै दलको बीचमा कोशिष गरौं ।’ मन्त्री बडुले भने ।

वि.सं.२०७८ फागुन ४ बुधवार १५:०२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...