back
CTIZAN AD

चलचीत्र संघलाई १० हजारसहित सम्मान गर्ने

वि.सं.२०७३ फागुन ३० सोमवार

813 

shares

bbbb (2)

३० फागुन, चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चलचित्र पत्रकार संघ चितवन शाखालाई सम्मान गर्ने भएको छ । चलचित्र क्षेत्रको विकास, प्रवद्धन र प्रचारमा निरन्तर सक्रिय लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई नगद रु.१० हजारसहित सम्मान गर्ने भएको हो ।

नेपालको सिने बजारको क्षेत्रमा चितवन शाखाले गरेको अतुलनिय योगदानको कदर गर्दै संघलाई सम्मान गर्न लागिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की“ले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले लक्की मिडिया हाउसले गर्न लागेको यो सम्मानले चलचित्र क्षेत्रको विकासका लागि अझै केहि गर्ने प्रेरणा मिलेको बताउनुभयो ।
अध्यक्ष लामिछानेले आगामी दिनमा पनि लक्की मिडिया हाउसको निरन्तर सहयोगको अपेक्षा गर्दै लक्की मिडिया हाउस परिवार र अध्यक्ष कार्कीलाई विशेष धन्यवाद प्रकट गर्नुभयो । कार्की चलचित्र पत्रकार संघ चितवनका कोषाध्यक्ष पनि हुनुहुन्छ । उक्त रकम आगामी चैत्र १४ गते चलचित्र ब्वाइफ्रेण्ड’को विशेष शो गर्ने दिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने कार्कीले बताउनुभयो । चलचित्र ब्वाइफ्रेण्डमा पुष्कर रेग्मी, महिमा सिल्वाल, सरोज खनाल, सोनम थापा, मञ्जु श्रेष्ठ, शुक बहादुर बम्जन, पवन खनाल लगायतका कलाकार रहेका छन् । सुर्य बुढाथोकीको प्रस्तुती रहेको ब्वाइफ्रेण्डका निर्माता कृष्ण खनाल हुन भने निर्देशन मदन घिमिरेको रहेको छ । चलचित्र ब्वाइफ्रेण्डको विशेष शो पनि लक्की मिडिया हाउसले नै गर्न लागेको हो ।

वि.सं.२०७३ फागुन ३० सोमवार ०५:०९ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...