back
CTIZAN AD

गठबन्धनको बैठक सकिनासाथ ओली निवास बालकोट पुगे प्रधानमन्त्री

वि.सं.२०७८ फागुन ५ बिहीवार

990 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकाा छन् ।
एमसीसीका विषयमा सहमति जुटाउन बालुवाटारमा बिहिबार साँझ बसेको सत्तारुढ गठबन्धन दलको बैठक विना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री देउवा बालकोट पुगेकोे स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा एमसीसीका विषयमा सहमति जुटाउनका लागि बालकोट हिँडेको स्रोतले जनाएको छ ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा सत्तारुढ गठबन्धन दलभित्रै सहमति जुटाउने आजको प्रयास पनि असफल भएपछि प्रधामन्त्री देउवा ओलीलाई भेट्न बालकोट हिँडेका हुन् ।

एमसीसी परियोजना संसदमा टेवुल गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति जुट्न नसकेको तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी टेबुल गर्नका लागि पहिले संसद अवरोध हटाउनु पर्ने र त्यसका लागि एमालेसँग संवादको पहल गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

त्यसैगरी कांग्रेस नेता मिनेन्द्र रिजाल एमाले अध्यक्ष ओलीलाई भेट्न बिहीबार बिहान ९ बजे बालकोट पुगेका थिए भने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन संवाद गरेर एमसीसीलाई संसदमा टेवुल गर्न सघाउनका लागि संवाद अगाडि बढाएको बताइएको छ ।

नेता रिजाल र कार्कीसँगको संवादमा अध्यक्ष ओलीले सत्ता गठबन्धनको बैठकको निर्णयपछि नै आफुले यसबारेमा संवाद अगाडि बढाउने बताएको जनाइएको छ ।

एमसीसी परियोजना शुक्रवारको प्रतिनिधिसभाको बैठकमा टेवुल गर्ने अडान राख्दै आएका प्रधानमन्त्री देउवा अन्ततः गठबन्धनभित्रकै सहयात्रीबाट सहयोग नपाएपछि एमालेसँगको सहकार्यका लागि संवाद अगाडि बढाउन थालेका छन् ।

माओवादी केन्द्रले एमसीसीमा रहेका केही बुँदाहरु आपत्तिजनक रहेको बताउँदै यथास्थितिमा एमसीसी टेवुल गरिए सरकारबाटै बाहिरीने निर्णय गरेको छ भने एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसीका विरुद्धमा मतदान गर्ने बताएका छन् ।

वि.सं.२०७८ फागुन ५ बिहीवार २०:४७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...