back
CTIZAN AD

गठबन्धनबीच सहमति जुट्न नसकेपछि झन अन्यौलमा एमसीसी

वि.सं.२०७८ फागुन ५ बिहीवार

855 

shares

काठमाडौं । बहुचर्चित अमेरिकी परियोजना एमसीसी परियोजना शुक्रवारको प्रतिनिधिसभाको बैठकमा पनि टेवुल हुने संभावना टरेको छ ।

बालुवाटारमा बिहीवार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति जुटाउन नसकेपछि शुक्रवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल हुने संभावना टरेको छ । यद्यपी प्रधानमन्त्रीले फागुन १६ गतेसम्ममा एमसीसीलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् ।

एमसीसीलाई प्रतिनिधिसभामा टेवुल गराएरै छाड्ने नेपाली कांग्रेसको अडानमा माओवादी केन्द्र र एकिकृत समाजवादीले साथ नदिएपछि अन्ततः प्रधानमन्त्री देउवा एमसीसी अगाडि बढाउने कि गठबन्धन तोड्ने भन्ने अन्यौलमा परेका छन् । यसका लागि प्रधानमन्त्री देउवाले एमालेसँग समेत संवाद अगाडि बढाएका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान कांग्रेस नेता मिनेन्द्र रिजाल र ज्ञानेन्द्र बहादुर कार्कीमार्फत् संवाद अगाडि बढाएका थिए । तर, एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको निर्णयपछि मात्र आफुले यसबारेमा बोल्ने बताएका थिए ।

सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो
एमसीसीका विषयमा सहमति जुटाउन बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवासका बसेको पाँचदलीय गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति जुटाउने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि भोली बिहान ९ बजे पुनः बैठक बस्ने गरी टुंगिएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी टेबुल गर्नका लागि पहिलो संसद अवरोध हटाउनुपर्ने बताएका थिए । उनीहरुले एमसीसी टेवुल गर्नका लागि एमालेसँग संवाद गरेर संसद अवरोध हटाउनका लागि पहल गर्न समेत प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।

‘कांग्रेसले फागुन १६ सम्ममा एमसीसीलाई निष्कर्षमा पुर्याउने’
बैठक लगत्तै   सुचना तथा संचारमन्त्री मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेसले फागुन १६ गतेसम्म निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् । बैठक लगत्तै पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले पुर्ववर्ती सरकारले एमसीसीलाई टेवुल गरेको बताउँदै सरकार अविछिन्न यसको उत्तराधिकारी रहेको बताए ।

‘अब फेब्रअरी २८ (फागुन १६ गते) सम्ममा यसलाई हामीले निष्कर्षमा पुर्याउने हुनाले यसलाई टेवुल गर्नका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्नु भएको छ । यहि प्रस्तावको परिवरी बसेर धेरै छलफल भएको छ,’ मन्त्री कार्कीले भने, ‘एमसीसीलाई १६ गतेभित्रमा निष्कर्षमा पुर्याउने गरेर छलफल केन्द्रीत छ ।’

संसद अवरोध हटाउन पहल गर्न माओवादी केन्द्रको आग्रह
बैठकमा नेकपा माओवादी केन्द्रले बैठकमा एमसीसीका विषयमा छलफल हुँदा पहिले संसद सुचारु गर्नुपर्ने माग गरेको छ ।

बैठक लगत्तै संचारमाध्यमसँग कुरागर्दै नेता श्रेष्ठले प्रधानमन्त्रीले एमसीसी टेवुल गरेर छलफल र निर्णय प्रक्रियामा जाने बताएको र यसलाई फागुन १६ गतेभित्रमा निष्कर्षमा पुर्याउने अडान राखेको बताएका छन् ।

‘बैठकमा सबै पार्टीले आ–आफ्नो दृष्टिकोण राखेका छन् । हामीले टेवुल गर्ने कुरा पहिलो त संविधान र कानुनको प्रावधानसँग मेल खान्छ कि खान्न भन्ने बहस पनि छ । त्यो हो आर्थिक सहायता, अहिलेसम्म यौटा पनि संसदबाट अनुमोदन गर्ने दिशामा लगिएको छैन । त्यसको परिणाम के हुन्छ भन्ने विषयमा पनि सहमति बनेको छैन, ’नेता श्रेष्ठले भने, ‘अर्को कुरा संसद अवरुद्ध भइरहेका बेला अहिलेसम्म अध्यादेश बाहेक कुनैपनि बिधेयक प्रस्ताव प्रस्तुत गरिएको छैन । यसलाई कसरी हेर्ने भन्ने कुरा राख्यौं ।’

नेता श्रेष्ठले व्यापक दीर्घकालिन असर पार्ने राष्ट्रिययतासँग जोडिएको संवेदनशील मुद्दा नेपाली समाजमा व्यापक छलफल र बहस भइरहेको र विभाजित समेत भइरहेको अवस्थामा त्यस्तो मुद्दालाई छलफल र बहस नगरी कसरी सदनमा लैजान मिल्छ भन्ने बैठकमा छलफल गरिएको बताए ।

एमाले अध्यक्ष भेट्न बालकोट पुगे प्रधानमन्त्री
सत्तारुढ गठबन्धन दलको बैठक विना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री देउवा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुगेका छन् ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा सत्तारुढ गठबन्धन दलभित्रै सहमति जुटाउने आजको प्रयास पनि असफल भएपछि प्रधामन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

एमसीसी परियोजना शुक्रवारको प्रतिनिधिसभाको बैठकमा टेवुल गर्ने अडान राख्दै आएका प्रधानमन्त्री देउवा अन्ततः गठबन्धनभित्रकै सहयात्रीबाट सहयोग नपाएपछि एमालेसँगको सहकार्यका लागि संवाद अगाडि बढाउन थालेका छन् ।

माओवादी केन्द्रले एमसीसीमा रहेका केही बुँदाहरु आपत्तिजनक रहेको बताउँदै यथास्थितिमा एमसीसी टेवुल गरिए सरकारबाटै बाहिरीने निर्णय गरेको छ भने एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसीका विरुद्धमा मतदान गर्ने बताएका छन् ।

गठबन्धनको बैठक सकिनासाथ ओली निवास बालकोट पुगे प्रधानमन्त्री

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो, शुक्रवार पुन: बस्ने

 

 

वि.सं.२०७८ फागुन ५ बिहीवार २१:३८ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...