back

करेन्ट लागेर दाजुभाइको मृत्यु

वि.सं.२०७८ फागुन ६ शुक्रवार

666 

shares

रामपुर । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:३९ मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका...

आयआर्जनमा जोडिँदै तानसेनका महिला

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन (पाल्पा) । यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई...

यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने...

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम...