back
CTIZAN AD

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

वि.सं.२०८२ पुस ४ शुक्रवार

702 

shares

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका पर्यटन व्यवसायीबीच आपसी संवाद हुने भएको छ ।

पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा शनिबार यहाँ आयोजना हुन लागेको ‘नेपालगञ्ज क्रस बर्डर टुरिजम कन्क्लेभ २०२५’ मा सो संवाद हुने भएको हो । कार्यक्रममा भारतको उत्तर प्रदेशका विभिन्न सहरका टुर अपरेटर, वीडिङ डेस्टिनेशन प्लानर र सञ्चारकर्मी गरी झण्डै १०० पर्यटन प्रतिनिधिको सहभागिता रहने नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

“पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न यसले सघाउ पु¥याउछ”, उनले भने । कन्क्लेभमा पर्यटन र पर्यटकका विषयमा नेपाल–भारत दुई देशबीचका सीमा सम्बन्धी मुद्दा, पर्यटन अन्तरसम्बन्ध र नेपालगञ्ज भारतीयका लागि गन्तव्य बन्न सक्छ भन्ने लगायतका विषयमा अन्तरसंवाद हुने छ ।

पूर्वअध्यक्ष सिग्देलका अनुसार नेपाली पर्यटन व्यवसायी र पर्यटन जानकार सम्मिलित यस इभेन्टमा व्यापार साटासाट बिटुबी सेसनका लागि नेपाली पर्यटन व्यवसायी ट्राभल एजेन्सी, एयरलाइन्स, क्यासिनोलगायतका झण्डै अढाइ दर्जन कक्ष बुक गरिएका छन् । नेपालगञ्जस्थित कारकाँदोमा सञ्चालन हुने उक्त कार्यक्रममा भारतीय पाहुना र अन्य सरोकारवाला आज बेलुकासम्म नेपालगञ्ज आइपुग्ने उनले बताए ।

तीन दिनसम्म नेपालगञ्जमा सञ्चालन हुने उक्त कार्यक्रममा बागेश्वरी दर्शन, क्रस बार्डर टुरिजम अन्तरसंवाद, बिटुबी, प्रपर्टी भिजिट, क्यासिनो भिजिट, नेपाली सांस्कृतिक कार्यक्रम र बाँके राष्ट्रिय निकुञ्जको जङ्गल सफारी हुने नाट्टा बाँकेले जनाएको छ ।

वि.सं.२०८२ पुस ४ शुक्रवार १२:४९ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...